Websoft University

अरनिको राजमार्गमा पनि सवारीसाधन निर्मलिकरण गर्ने कार्य सुरु


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,अरनिको राजमार्गस्थित जगाति नाकामा  सवारी साधन निर्मलिकरण गर्ने टनेल सञ्चालनमा ल्याएको छ । भक्तपुर प्रवेश गर्ने सवारी साधनमा किट तथा जीवाणु नष्ट गर्ने उद्देश्यका साथ सो टनेल सञ्चालनमा ल्याएको जगाति प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिका, भक्तपुर रेडक्रस, सुन्दर यातायात लगायत विभिन्न संघ संस्थाको सहयोगमा टनेल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सिसा भएको गाडीलाई मात्र टनेल भित्र राखेर निर्मलिकरण गर्ने र त्यसपछि यात्रुहरूलाई ओरालेर ज्वरो नाप्ने एवं यात्रुको नाम, गाडी नम्बर, ठेगाना र सम्पर्क नम्वर समेतको विवरण संकलन गर्ने प्रहरीले जनाएको छ । अत्यावश्यक कामका लागि  दैनिक सय देखि डेढसय यात्रु भक्तपुर प्रवेश भइरहेको भन्दै उहाँले अधिकांश भक्तपुर प्रवेश गर्ने यात्रु स्वास्थ्य उपचारका लागि आइरहेको उल्लेख गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.