Websoft University

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका सामग्री बितरण


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरू बितरण गरिएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले पिपिई ४० सेट, एन–९५ मास्क ४० वटा, अनुहार छोप्ने सिल्ड १० वटा, चस्मा –१० वटा हस्तान्तरण गर्नुभएको छ । उहाँले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको पहिलो घेरामा बसी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिंदै मनोबल उच्च पार्न स्थानीय तहले सकेको सहयोग गरिरहेको बताउनुभयो । 

नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष सरसफाइ, चेतनामूलक कार्यक्रम, जात्रा, पर्व, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, खाद्य र तरकारी बजार व्यवस्थापन लगायतका काममा स्थानीय स्वयंसेवक परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.