Websoft University

सीमा विवादबारे कुटनीतिक पहल गरी दीर्घकालिन समाधान खोज्न काँग्रेसको सरकार संग आग्रह

  
काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै काँग्रेसले यसबारे सरकारको धारणा माग गरेको बताउनुभएको हो । 

यो दुई दिनको अवधिमा सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको भन्दै सभापति देउवाले सरकारको आलोचना समेत गर्नुभएको छ  । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकैहुन् । 

सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा रहेका बेला, यी भू–भागबारे काँग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ, देउवाद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय नभइ परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा काँग्रेस विगत देखिनै प्रष्ट रहेको र सोही अनुसार काम गर्न देउवाले सरकारलाई सुझाव दिनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.