Websoft University

भारतीय हस्तक्षेपको विरोधमा भक्तपुरमा जुलुस र कोण सभा भयो


काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,भारतीय हस्तक्षेप विरुद्ध भक्तपुरमा जुलुस र सभा आयोजना भएको छ । कोरना भाइरसको जोखिम व्यवस्थापनको क्रममा लकडाउनमा रहेका भक्तपुरबासी आज विरोध जुलुसमा निस्किएका हुन् । 

भक्तपुरको कमलविनायक क्षेत्रबाट जुलुस प्रदर्शन गर्दै स्थानीयले सूर्यविनायक चोकमा पुगेर विरोध सभा आयोजना गरेका थिए । लकडाउन उलंघन भएको भन्दै प्रहरीले रोक्न खोजे पनि देशको सार्वभौमिकता रक्षाको सवालमा लक डाउनको प्रवाह नगरी आफूहरू निस्किएको उनीहरूले बताएका थिए । 

जुलुसमा सहभागीले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो, कालापानीबाट भारतीय सेना तुरुन्त हटाउ, सीमा अक्रिमण बन्द गर लगायतका नारा लगाएका थिए । नेपालको सार्वभौमिकतामाथि हाक दिंदै भारतले एकतर्फिरुपमा ८० किलोमिटर सडक निर्माण गरेको वरिष्ठ सिमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनुभएको छ । 

३७२ किलोमिटरमा फैलिएको नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा सो सडक बनाउन भारतले ५ सय २० करोड लगानी गरेको पनि रेडियो जनसञ्चारको सन्दर्भ विचार रेडियो कार्यक्रममा उहाँले खुलासा गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.