Websoft University

अध्यादेश फिर्ता लिन काँग्रेसको माग



काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याएका दुईवटा अध्यादेश फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले गलत समयमा गलत आशयका साथ सरकारले अध्यादेश ल्याएकोले फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले कुनै छलफल वा परामर्श नगरी हतारमा दुईवटा अध्यादेश प्रमाणीकरण गर्नु पनि रहस्यमय भएको निष्कर्ष काँग्रेसले निकालेको बताउनुभयो । सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धीका दुईवटा अध्यादेश मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो । दुवै अध्यादेश हिजो साँझै प्रमाणिकरण भइसकेका छन् । अध्यादेशविरुद्ध उभिनका लागि सबै राजनीतिक दल, पेशाकर्मीलाई अपिल गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । सभापति देउवाले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएर छलफल गर्नुभएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.