Websoft University

कलैयाका मेयर पक्राउ परे


 काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम,बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पक्राउ पर्नुभएको छ । उपमहानगरपालिकाका वडाहरुले कुहिएको दाल राहतमा वितरण गरेको विषयमा अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालयले मेयर यादवलाई कलैया बजारबाट नियन्त्रणमा लिएको 
हो । बिभिन्न वडाहरुमा राहतस्वरुप वितरण गरिएको दाल गुणस्तरहिन भएको पुष्टी भएपछी प्रहरीले यसअघी पाँच जना वडा अध्यक्ष र एक वडा सचिवसहित आठजनाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । वडा नं. १३ का वडाध्यक्ष राजन प्रसाद कुर्मि, वडा नं. २६ का वडाध्यक्ष महेश साह, वडा नं. ११ का वडाध्यक्ष सर्वुनारायण चौधरी, वडा नम्बर १ का वडाध्यक्ष हरिओम साह र वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी यसअघी नै पक्राउ परिसकेका छन् । प्रहरीले कलैया–२० का वडा सचिव खेदु मियाँ, कुहिएको दाल बिक्री गर्ने यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र कोल्डस्टोरमा दाल स्टोर गर्ने उद्योगी तेजकरण जैनलाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बन्दाबन्दीका कारण प्रभावित बनेका विपन्नहरुका लागि राहत वितरण गर्ने क्रममा उपमहानगरपालिकाका नगरप्रमुख यादवको कोल्डस्टोरबाट कुहिएको दाल खरिद गरी विक्री वितरण गरेको गुनासो आएपछि बारा प्रहरीले कोल्डस्टोर शिल गरि कनुसन्धान सुरु गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.