Websoft University

पचास प्रतिशत अनुदानमा किसानलाई बिउ वितरण सुरु



काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम,भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा मकै, भट्मास, धान, कोदो, फापरलगायतको बिउ वितरण सुरु गरकोे छ । कोभिड–१९ को सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा गएर बिउ किन्न नसकेर बाली लगाउन समस्या हुने भएपछि किसानहरुलाई वडाबाटै बिउ वितरण गर्न सुरु गरिएको हो । बिउ वितरणका लागि नगरपालिकाले एक हजार एक सय किलो मकै प्रति किलो रु १३० मा खरिद गरेर ल्याएको र किसानलाई ५० प्रतिशत अनुदानमा मकै र भटमासको बिउ वितरण गर्न सुरु गरेको नगर प्रमुख सोम मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले दलित, जनजाती तथा लक्षित वर्गलाई कोदोको बिउ २०० किलो र फापरको बिउ २०० किलो निःशुल्क वितरण गर्ने भएको छ । विशेषगरी कोदो र फापर रोप्ने लक्षित वर्गका किसानलाई निःशुल्क बिउ वितरण गर्ने भएको हो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.