Websoft University

नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको पुष्टि - ५ जना निको भएर घर फर्किए


विराटनगर बैशाख ९ गते । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा परीक्षण गर्दा ८ जनामा संक्रमण पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको हो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । परीक्षण गर्दा पोजेटिभ देखिएको विपी अस्पताल स्रोतले जानकारी दिइएको छ । धरानमा रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई विराटनगर ल्याउने तयारी भएको 
छ । अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

यसअघि उदयपुरको त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उदयपुरका अर्का एक युवकमा पनि आजैै कोरोना संक्रमण पुष्टि भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.