Websoft University

चट्याङ लागेर उदयपुरमा २ घाइते भए


श्याम राई÷उदयपुर,गाईघाट, बैशाख ९ गते । रातो तारा डट कम,सोमबार राती हावाहुरीसँगै परेको चट्याङ लागेर उदयपुरको विभिन्न स्थानमा ६ जना घाईते भएकाछन् । राती चलेको हावाहुरीसँगै चट्याङ लागेर उदयपुरको कटारी नगरपालिका–११ बेतेनीमा ५५ वर्षका चन्द्र वहादुर आले मगर, निजकी श्रीमती ४८ वर्षिया मन कुमारी र आमा ७० वर्षिया मन माया मगर शख्त घाईते भएको प्रहरीले जनाएको छ । उनीहरु घरमा सुतेको बेला राती ११.३० बजे घरमा चट्याङ परेको हो । 

त्येसैगरि चट्याङ लागेर सोही ठाउँका १६ वर्षिय सुमन मगर, कटारी–६ रिस्कुका १२ वर्षिय अस्मान राई र त्रियुगा नगरपालिका–५ दमौटीका २७ वर्षिया शुष्मा मगर घाईते भएका छन् । उनीहरु सबैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चट्याङ लागेर ४ वटा चौपाय समेत मरेको प्रहरीले जनाएको छ ।




                                                   






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.