Websoft University

होटल व्यवसायी संघ इटहरीद्वारा राहत सामाग्री वितरण


शिव भट्टराई,सुनसरी बैशाख ९ गते । रातो तारा डट कम,इटहरी क्षेत्रका होटलहरुमा काम गर्दै आएका न्युन स्तरका कर्मचारीहरुलाई लकडाउनको समय लम्बीदै गर्दा उनीहरु लाई  खानाका लागि समस्या नहोस भनेर होटल व्यवसायी संघ इटहरीले राहत सामाग्री वितरण गरेको छ ।

 होटलमा काम गर्दै आएका तथा लकडाउनका समयमा समस्यामा परेका कामदारलाई  लक्षित गरि होटल व्यवसायी संघ इटहरीले खाद्यान्न राहत उपलव्ध गराउन थालेको हो ।

  लकडाउनका कारण होटलहरु वन्द रहेको तथा काम नभएर पारिश्रमीक  समेत नपाउने अवस्थामा रहेका एक सय पँचास वढी कामदारहरुलाई खाद्यान्न राहत उपलव्ध गराउने लक्ष्य अनुसार  वितरण गर्न थालिएको संघका अध्यक्ष जिवन पराजुलीले जानकारी  दिए ।

 काम नभएर त्यसै वस्नु परेको समयमा होटल व्यवसायी संघ तथा पदाधिकारीहरुले राहत उपलव्ध गराउदा केही हद सम्म सहयोग मिलेको राहत लिनेहरु वताउछन । राहतमा दस केजी चामल ,दस वटा अन्डा , एक केजी दाल , आदा लिटर तेल लगायतका सामाग्रीहरु कामदाहरु बसैकै स्थानमा गएर  वितरण सुरु गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.