Websoft University

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन


 फियल फोटो,
काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम,उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज भएको नियमित जानकारीका क्रममा धरानमा गरिएको नमूना परीक्षणमा कोरोना पुष्टि भएको जानकाारी दिइएको हो । 

हिजो उदयपुरलगायत विभिन्न स्थानबाट सङ्कलन गरिएको झन्डै एक सय नमूनामा ८ जनाको कोशी अस्पतालमा पीसीआर विधिबाट कोरोना पुष्टि भए पनि थप पुष्टिका लागि धरान पठाइएकोमा त्यहाँ एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । 

सङ्क्रमित हुनेमा ३३ वर्षका एक जना पुरुष रहेको पनि उहाँले बताउनुभयो । बाँकी ७ जनाको नतिजा आउन भने बाँकी रहेको उहाँले बताउनुभयो । आजै वा भोलीसम्म सबै शङ्कास्पद व्यक्तिको नतिजा आउने जनाइएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३२ पुगेको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् । 

नेपालमा हालसम्म १ सय १२ जना आइसोलेसनमा भर्ना भएको जानकारी दिँदै प्रवक्ता देवकोटाले स्वमूल्याङ्कनसहित नाम दर्ता गराएकामध्ये २ सय ६७ जना कोरोना सङ्क्रमणको जोखिममा रहेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.