काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम, रौतहटका युवाहरु पैदलयात्रीलाई खाजाको व्यवस्था गरी सुरक्षित गन्तव्यमा पु¥याउन सक्रिय भएका छन् । टाढाटाढाबाट हिडेर गन्तव्य तर्फ जाँदै गरेकाहरुलाई उनीहरुले चाउचाउ, चिउरा, पानीको व्यवस्था गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको चन्द्रनिगाहपुर सडकखण्ड हुँदै दैनिक पैदल यात्रुहरु आफनो गन्तव्यतर्फ जाने गरेका छन् । उनीहरुले प्रहरीको सहयोगमा त्यस्ता पैदल यात्रुहरुलाई राजमार्गमा चलेका विभिन्न सवारी साधनहरुमा चढाएर गन्तव्यमा पुर्याउन मद्धत गरिरहेका छन् उनीहरुले हिडेर आएका यात्रीहरुलाई खाजापानी दिएर आराम गर्न आग्रह पनि गरेका छन् यस अभियानमा स्थानियहरुले पनि सहयोग गरेका छन् । सवारी चालकहरुले सुरुवात गरेको यो अभियानमा अहिले स्थानियहरु पनि जोडिएका छन् ।
Post a Comment