Websoft University

क्यानडाले अमेरिकासँगको सीमाना एक महिनाको लागि बन्द गर्ने भयो


काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम,कोरोना भाइरस सङक्रमणबाट जोगिनको लागि भन्दै क्यानडाले अमेरिकासँगको सीमाना एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । क्यानडाका राष्ट्रपति जस्टिन टु«डोले सीमानाका ३० दिनका लागि बन्द गरिने जानकारी दिनुभएको हो । 

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३६ हजार ८ सय पुगेको छ भने ७ लाख मानिस सङ्क्रमित भएका छन् । खुल्ला सीमाना हुँदा क्यानडामा पनि जोखिम हुने भएकाले बन्द गरिएको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यले जनाएका छन् ।  विश्वभर कोरोना सङ्क्रमितहरुको सङ्ख्या २३ लाख २९ हजार ३० पुगेको छ । १ लाख ६० हजार ५ सय २२ को मृत्यु भएको छ । 

हाल सम्म निको हुनेहरुको सङ्ख्या ५ लाख ९५ हजार ७ सय ३८ पुगेको छ । बेलायतमा भने कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार बेलायतमा १५ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.