Websoft University

कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा ३१ पुग्यो, २ जना निको भएर घर फर्किए


काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम,दुईजना निको भएर अस्पतालबाट घर फर्किएकै दिन नेपालमा थप एकजनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्याङ्कअनुसार अब नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट ल्याइएकामध्ये थप एकजनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका व्यक्ति विराटनगरका ६५ वर्षका वृद्ध रहेको जनाइएको छ । विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट उनीमा सङ्क्रमण पुष्टि भएको हो । उदयपुरबाट गत शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये सङ्क्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड १९ उपचार केन्द्रमा राखिएको थियो । उनीहरुसँगै बसेका चारजनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो । ती चार जनामध्ये एकजनाको रिपोर्टमा शङ्का लागेर पुनः नमूना परीक्षण गर्दा कोरोना पाइएको कोसी अस्पतालले जनाएको छ । उनिहरुलाई विराटनगरको कोभिड उपचार केन्द्रमा राखिएको आइसोलेसन वार्डमा भर्ना गरी उपचारको तयारी भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.