Websoft University

अवरुद्ध खोप कार्यक्रम शुरु


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,लकडाउनका कारण १ महिनादेखि अवरुद्ध खोप कार्यक्रम शुरु भएको छ । बालबालिकालाई विभिन्न रोगबाट जोगाउनका लागि खोप लगाउन शुरु गरिएको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डा.झलक गौतमले बताउनु भयो । 

उच्च सर्तकता अपनाएर खोप कार्यक्रम शुरु गरिएको हो । स्वास्थ्यकर्मीलाई पन्जा,मास्क र स्यानिटाईजर प्रयोग गरेर खोप लगाएर काममा खटाईने डा गौतमले सिआइएनलाई बताउनु भयो । बालबालिकाको सुरक्षाका लागि सुरक्षीत तरिकाबाट खोप लगाईने । जन्मिने वित्तिकै लगमउनु पर्ने विसिजी देखि विभिन्न ८ प्रकारका खोपलाई निरन्तरता दिएको छ । 

देशभरका १६ हजार स्वास्थ्य केन्द्रबाट एकसाथ खोप कार्यक्रम सन्चालन गरिएक हो । विभागले विसिजी,पेन्टा,ओपिभी,एफआइपिभि,पिभिसि,एमआर तथा जेई र टिटी नामका खोृप लगाउन शुरु गरेको हो । 
यी खोप बालबालिकालाई जन्मिएदेखि २३ महिना सम्ममा लगाईसक्नु पर्छ । नियमीत खोप कार्यक्रम सन्चालनमा आएपछि देशभरका एक बर्ष मुनिका झण्डै ६ लाख २० हजार बालबालिका लाभान्वित हुनेभएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.