Websoft University

१४ सय ५९ जना आफ्ना नागरिकको स्थानीय तहहरुले उद्धार गरि सोलुखुम्बु फर्काए


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,लक डाउनका कारण काठमाण्डौमा रोकिएका १४ सय बढिको उद्धार गरि सोलुखुम्बु ल्याईएको छ । कोरोना भाईरस सक्रंमणका कारण देश लकडाउन हुँदा समस्यामा १४ सय ५९ जना आफ्ना नागरिकको स्थानीय तहहरुले उद्धार गरि फर्काएका हुन् । 

केहि दिनका लागी खाद्यन्न जोहो गरेर बसेका सर्वसाधरण नागरिकहरु लकडाउन लम्बिदा काठमाण्डौमा समस्यामा परेकाले उनीहरुको उद्धारमा स्थानिय तह सकृय बनेका हुन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालका बाहेकका सबै स्थानिय तह तथा जनप्रतिनिधिहरु स्वास्थ्यका आधारभुत मापदण्ड अपनाएर आफ्ना नागरिकको उद्धारमा जुटेका छन् । 

उद्धार गरिएका सबै नागरिकहरुको आवश्यक स्वास्थ्य चेक जाँच गरि १४ दिन सम्म होम क्वारेन्टिनमा राखिने सम्बन्धित पालिकाले जनाएको छ । उनीहरुलाई १४ दिन सम्म अनिबार्य होम क्वारेन्टिनमा बस्ने सर्तमा नै काठमाण्डौबाट उद्धार गरि जिल्ला ल्याईएको सोलुखुम्बुका सघिंय सांसद हेम कुमार राई(सुरविर)ले जानकारी दिनुभयो । 

सर्वोच्च अदालतले गत बैशाख ५ गते शुक्रबार लक डाउनका कारण अलपत्र परेका नागरिकहरुको उद्धार गर्न अन्तरिम आदेश दिएको थियो । कोरोना भाइरसको संक्रमणका कारण लक डाउन लम्बिरहँदा सयौँ किलोमिटर हिँडेरै मजदुर र विपन्न वर्गका व्यक्तिहरु स्थायी बासस्थान जान थालेपछि उनीहरुलाई घर र्पुयाउन सर्वोच्चले अन्तरिम आदेश दिएसँगै यहाँका स्थानिय तहहरुले आफ्ना नागरिककोे उद्धार कार्य सुरु गरेका हुन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.