Websoft University

लकडाउनमा जेष्ठ नागरिकलाई निः शुल्क औषधी


विराटनगर बैशाख १३ गते । रातो तारा डट कम, विराटनगर– ८ स्थित विराटेश्वर वृद्धाआश्रमा रहेको जेष्ठ नागरिकहरूलाई मोरङका औषधी व्यवसायीहरू निःशुल्क औषधी र सेनिटाइजर वितरण गरेको छ ।

आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई शनिबार दीर्घरोगको औषधी, फिनेल, सेनिटाइजर र साबुवन वितरण गरिएको हो ।

आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई एक महिनासम्म पुग्ने दीर्घरोगको औषधी वितरण गरिएको छ । महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड १९) संक्रमणबाट बच्न पाँच मिटर सेनिटाइजर, फिमेल, आठ वटा ग्यास सिलेण्डर वितरण गरिएको छ ।

आश्रममा रहेका दीर्घरोगीका विरामीहरूलाई औषधी अभाव भएपछि औषधी व्यवसायीले दम, सुगर, पेसरलगायतको औषधी निःशुल्क वितरण गरिएका हो । आश्रममा ५२ जना जेष्ठ नागरिक रहेका छन् । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढाकालको पहलमा जेष्ठ नागरिकहरूलाई सहयोग प्रदान गरेको हो ।

औषधी व्यवसायी सुशिल घिमिरे, मनोज पौडेल, जयप्रकाश राय, महेश मण्डल,  चन्नु गुप्ता, दिपेन्द्र मण्डल, सन्तोष बुढाथोकी, रामदेव साहलगायतको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.