Websoft University

प्रहरीको साथी म (Friend of Police)" अभियान शुरूवात : जोगवनीमा निशुल्क ह्याण्ड स्यानिटाईजर तथा मास्क वितरण


बिराटनगर चैत्र ९ गते । रातो तारा डट कम, समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आईतबार "प्रहरीको साथी म" कार्यक्रमको उद्‌घाटन भएको छ । विराटनगर १६ स्थित जोगवनी बोर्डरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी ज्यूले विराटनगरका युवा अभियान्ता पेरिस सुवेदीलाई ब्याज लगाई दिएर अभियानको उद्‌घाटन गर्नु भएको हो । 

उक्त अभियानको बारेमा मन्तब्य दिने क्रममा उपरीक्षक अधिकारीले भन्नु भयो "नोवेल कोरोना भाईरस (कोभिड-१९) ले विश्वब्यापी महामारीको रूपमा विश्वलाई नै आक्रान्त पारेको यस संक्रमणकालमा प्रहरी र जनतालाई सो संक्रमणबाट बचाउन यो अभियानको शुरूवात गरिएको हो ।" त्यस्तै उहाँले थप्नु भयो "यस कठिन परिस्थितिमा राज्यका सम्पूर्ण निकाय साथसाथै नागरिक समुदाय समेत कोरोना भाईरस बिरूद्ध लड्न एकजुट हुनुपर्ने भएकोले त्यसको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले युवासँगको सहकार्य गरेको
हो ।" 

त्यस्तै युवा अभियान्ता पेरिस सुवेदीले मास्क स्यानिटाईजर निशुल्क बितरण गर्ने कार्यमा आफु निरन्तर रूपमा लागि रहेको तथा अव यस अभियानमा आफुलाई समेत समेटेकोमा जिल्ला प्रहरी कार्यालय मोरङप्रति आभार प्रकट गर्दै अभियानलाई सार्थक तुल्याउन संयुक्त रूपमा कार्यक्रम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा सीमामा आवत जावत गर्ने अन्दाजी ३०० भन्दा बढि सर्वसाधारणलाई निशुल्क स्यानिटाईजर तथा मास्क बितरण समेत गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.