Websoft University

कालोबजारी गर्न लुकाएर राखेको मास्क बरामद


विराटनगर चैत ९ गते । रातो तारा डट कम, विराटनगर–९ घोगापुल छेउबाट बजारमा गर्न लुकाएर राखिएको ठूलो परिणाममा मास्क बरामद भएको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले विराटनगर ९ घोघापुल चोकमा रहेको श्री सर्जी इन्पेस्कबाट आज मास्क बरामद गरेको हो ।

राजेश अग्रवालको औषधि थोक बिक्री पसलबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको हो । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।

औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तु सरह लिइएको छ ।

तर, कतिपय औषधी विक्रेताहरुले भने प्रकोपको बेला कालोबजारी गर्दै आएका छन् । कालोबजारी गर्न राखिएको इन्पेस्कका संचालक अग्रवाललाई कालो बजारी ऐन अन्तरगत कारवाहीको दायरामा ल्याउने औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.