Websoft University

पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १८ बेडको क्वारेन्टाइन साथै आइसोलेसन बेड सञ्चालनमा


शिव भट्टराई,मोरङ चैत ९ गते । रातो तारा डट कम,कोरोना भाइरस संक्रमणको आशंका गरिएकाहरुलाई सुरक्षित रुपमा राख्न मोरगंको सुन्दरहरैचा नगरपालिकाले क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । पुर्वाञ्चल विश्वविद्यालय टिचिगं अस्पाताल गोठगाउँसंग सहकार्य गरी सुन्दरहरैंचा नगरपालिकाले क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो ।

उत्तरी छिमेकी मुलुक चिनमा पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी मुलुक भारतमा समेत फेला परिसकेको अवस्थालाई मध्यनजर गर्दै पुर्वी नेपालको मोरगंको सुन्दरहरैंचा नगरपालिकाले १८ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।  टिचिगं अस्पतालसंग सहकार्य गरी क्यारेन्टाइन सञ्चालनमा ल्याइएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

उनले परिक्षणकालागि किट मगाउने देखि लिएर यहाँ उपचार सम्भव नभएमा रिफर गरिने समेत वताए । सरॐकारले गरेको आग्रहलाई मध्यनजर गर्दै आफु तथा अरुको सुरक्षाका लागि पनि अत्यावश्यक बाहेक अस्पतालमा समेत भिडभाड नगर्न पुर्वाञ्चल विश्वविद्यालय टिचिगं अस्पतालका निर्देशक डा. विपेश आचार्यले सबैलाई आग्रह गरे ।

आइसियु र भेन्टिलेटरका लागि आवश्यक अनुसार स्रोत साधन उपलब्ध नभएका कारण कठिनाइ भई रहेको र सरकारले जनशक्ति साथै उपकरण उपलब्ध गराएमा सो सेवा पनि उपलब्ध हुने उनले बताए।सुन्दरहरैंचा नगरपालिका र टिचिगंअस्पतालको सहकार्यमा १८ बेडको क्वारेन्टाइन र १८ वेडको आइसोलेसन वेडको व्यवस्था मिलाएको छ ।सो आइसोलेसन वार्डमा ४५ जना जनशक्ति परिचालन हुने उनले बताए।

सो आइसोलेशन वार्डको आईतबार
सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, उपमेयर धनमाया तामाङ , निमित्त कार्यकारी अधिकृत दामोदर चापागाईं, वार्ड नं ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौला, वार्ड नं १० का वडाध्यक्ष राजेन्द्र बहादुर थापा, सुरक्षाकर्मी तथा पत्रकारले अनुगमन गरेका थिए।

पूर्वाञ्चल विश्वविद्यलयका डिन डा शैलेषमणि पोख्रेलले अस्पतालमा आउने विरामीको यात्राको अवस्थाको बारेमा जानकारी लिएर आइसोलेसनमा राखिने बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.