Websoft University

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम छिटो सक्न मन्त्रीको निर्देशन



काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलासययुक्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम चाँडै सक्न ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले निर्देशन दिनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको तामाकोशीको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा जानुभएको
थियो । बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभएको छ । भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनले निर्देशन दिनु भयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.