Websoft University

कोरोना बारे चिकित्सकले अब टेलिफोनबाटै परामर्स दिने


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,नेपाल चिकित्सक संघले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणसँग सम्बन्धित परामर्श सर्वसाधारणलाई टेलिफोनबाटै उपलब्ध गराउने भएको छ । सरकारले आम नागरिकलाई आकस्मिक स्वास्थ्य समस्याबाहेक अस्पताल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेका बेला चिकित्सक संघले टेलिफोनबाटै कोरोना भाइरससँग सम्बन्धित परामर्श दिन लागेको हो । त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको छ । संघका अनुसार तोकिएको निश्चित समयमा सर्वसाधारणले ती विशेषज्ञ चिकित्सकलाई फोन गरी कोरोना भाइरस संक्रमणसँग सम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् । संघले सार्वजनिक गरेको डाक्टरको सूचीमा डा. लोचन कार्की, डा.शिबप्रसाद श्रेष्ठ, अनिल बिक्रम र्काी, डा.बद्री रिजाल, डा.प्रकाश बुढाथोकी, डा.रितेश थापा, डा.सञ्जिब तिवारी लगाएत रहेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.