Websoft University

ऐसेलुखर्कमा पनि ‘हेल्थ डेक्स’ स्थापना


काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,रोना भाइरस (कोभिड–१९) को संभावित संक्रमण रोक्नका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले ‘हेल्थ डेक्स’ स्थापना गरेको छ । गाउँपालिकाले प्राथमिक स्वास्थ्य चौकीमा ‘हेल्थ डेक्स’ स्थापना गरेको हो । विश्वका धैरै मुलुकहरुमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न एमविविएस डाक्टर र अन्य स्वास्थ्यकर्मी रहने गरि प्राथमिक स्वास्थ्य चौकीमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिनु
भयो । ‘हेल्थ डेक्स’मा आवश्यक औषधी तथा उपकरणकोसमेत व्यवस्था गरिएको निरौलाको भनाई छ । सर्वसाधरणमा परेको कोरोना भाईरसको मनौबैज्ञानिक त्रासलाई न्यूनिकरण गर्नका लागि ‘हेल्थ डेक्स’ मार्फत सूचना प्रवाह तथा परामर्स समेत दिने व्यवस्था गरिएको बताईएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.