Websoft University

आधारभूत विद्यालयलको व्यवस्थापन समितिलाई २० थान डेक्स, वेन्च हस्तान्तरण


बिराटनगर फागुन २३ गते । रातो तारा डट कम,उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलको व्यवस्थापन समितिलाई २० थान डेक्स, वेन्च आज मिति २०७६ फागुन २३ गते हस्तान्तरण गरेको छ ।  

डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले यस उद्योगी÷व्यवसायीका अग्रणी संस्था उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले संस्थागत सामाजिक उत्तरदायित्व वोध गरी शिक्ष्ँित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले विराटनगर ६ स्थित आधारभुत विद्यालयलाई वीश थान डेक्स, वेन्च उपलब्ध गराउन पाएकोमा खुशि व्यक्त गर्नु भयो । 

उहा“ले दुवै संस्थाका तर्फबाट प्रदान गरको डेक्स वेन्चले उक्त शिक्षालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज भई शिक्ष्ाँ प्रतिको अभिरुचीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । 

मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले संगठन र संघको संयूक्त सहयोगमा उपलब्ध गराएको डेस्क वेञ्चले विद्यालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज हुने वताउदै वालवालिकालाई शिक्षाको माध्यम उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो । 
¬¬¬¬¬
नेकपाका केन्द्रिय सदस्य गुरु वरालले विद्यालयलाई उपलब्ध गराईएको डेस्क वेञ्चले उक्त विद्यालयको शैक्ष्ँिक विकासका साथै वालवालिकाको अध्ययन प्रति अभिरुची वृद्धि गर्न सहयोग पु¥याउने विचार व्यक्त गर्नु भयो ।  
¬¬¬
उद्योग संगठन मोरङ अध्यक्ष्ँ भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले दुवै संस्थाका तर्फबाट संयूक्त रुपमा विद्यालयको प्रधानाध्यापक जयन्ती दासलाई वीश थान डेस्क तथा वेञ्च हस्तान्तरण गर्नु भएको थियो । 

विराटनगर वडा नं. ६ स्थित उक्त विद्यालयमा कक्ष्ाँ चार सम्म एक सय पच्चिस जना वालवालिका अध्ययनरत रहेको प्रधानाध्यापकले जानकारी गराउदै सहयोगका लागि दुवै संस्थालाई धन्यवाद दिनु भयो । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरुका साथै उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष्ँ, सदस्य र अभिभावकहरुको पनि सहभागिता रहेको थियो । 

२०७६ फागुन २३ गते, शुक्रवार
विराटनगर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.