Websoft University

फिफा विश्वकप छनोटका खेलहरु सबै स्थगित


काठमाण्डौ फागुन २३ गते । रातो तारा डट कम, विश्व फुटबलको सर्वोच्च निकाय र एसियाली फुटबल महासंघले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । फिफा र एएफसीको संयुक्त बैठकले कोरोना भाइरसका कारण तत्कालका लागि तय भएका खेलहरु स्थगित गर्ने बताएको छ । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय थियो । यो सँगै नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण पनि स्थगित भएको छ । विश्वकप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो । फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर प्रतियोगिताका बारेमा जानकारी दिने बताएको छ । फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.