Websoft University

विद्यालयलाई सतर्कता अपनाउन निर्देशन


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९,को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन भनेको छ । साथै सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि निर्देशन दिएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन जारी गर्नुभएको हो । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकार मातहत सञ्चालन हुने गरेको छ । त्यसैगरी स्थानीय सरकार मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गरेको छ । उक्त परीक्षामा पालिकाले निर्माण गरेको प्रश्नपत्रको आधारमा लिइन्छ । त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.