Websoft University

रातोमाटेमा ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ



काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम,मकवानपुरमा प्रहरीले ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटकका ४२ वर्षका अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठौरले जानकारी दिनुभयो । प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.