Websoft University

राष्ट्रियसभाका १९ जना सदस्यहरुको कार्यकाल समाप्त


काठमाण्डौ फागुन २१ गते । रातो तारा डट कम,राष्ट्रियसभामा प्रतिनिधित्व गरेका १९ जना सदस्यहरुको पदाबधि सकिएको छ । पहिलो पटक दुई वर्षे कार्यकाल सकेर बिदा हुनेमा नेकपाका ९ जना सांसद छन् भने कांग्रेसका ७ जना, राजपा नेपालका २ र समाजवादी पार्टीका १ छन् । उनीहरुको हिजो राष्ट्रियसभाले बिदाइ गरेको छ । उनीहरुको पद पुर्ति गर्ने गरि भोली देखि फागून ९ गते चुनिएका सांसदहरु आउने छन् । 

२ बर्षे कार्यकाल पूरा गरेर फर्कदै गर्दा सबै सदस्यहरुले आफ्नो कार्यकाल सुखद भएको बताए । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नुभएका सांसद सुरेन्द्र राज पाण्डेले राष्ट्रिय मुद्धामा राष्ट्रियसभा सधै एक बनेको स्मरण गर्दै बिधेयकहरुमा आएको विवाद समाधान गर्न सकेको भन्दै आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । पदाबधि सकिदै गरेका अरु सांसदले पनि राष्ट्रियसभामा सत्ता पक्ष र प्रतिपक्षको मान्यता हुन नहुने र सोही अनुसार सदन अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । 

कार्यकाल पूरा गरेर फर्कनेहरुले राष्ट्रियसभामा पक्ष विपक्षको बिभाजन कम भएको कानुन बनाउनमा एक मत देखिएको भन्दै सम्मन्वयकारी भूमिका खेलेकोमा सभाअध्यक्ष गणेश तिमल्सिनालाइ धन्यवाद दिएका छन् । अध्यक्ष तिमल्सिनाले पनि २ बर्षे अबधिमा संसद सञ्चालनमा खेलेको महत्वपूर्ण भूमिकाको प्रसंसा गर्दै आगामी दिनको सफलताको कामना गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक भोली १२ः१५ मा बस्ने छ । भोलीबाट यस अघि चुनिएका सदस्यहरु बैठकमा उपस्थित हुने छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.