Websoft University

मोरङ कांग्रेसको बैठक स्थगन


विराटनगर चैत्र २ गते । रातो तारा डट कम, कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगन भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । 

घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे निर्णय गरेको बताउँदै भने,‘‘कोरोना संक्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन र स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो ।’’ 

कांग्रेसले रोगबारे मानिसहरुमा फैलिएको त्रास र बजारमा देखिएको सामानको अनधिकृत मूल्यवृद्धि रोक्न सरकारले चासो दिन पनि आग्रह गरिएको सचिव घिमिरेले बताए । 

कांग्रेसले समेत आफ्ना भ्रातृसंगठनमार्फत कोरोनाबारे जनचेतनालगायत कार्यलाई भने निन्तरता दिने तयारी थालेको घिमिरेले जानकारी दिएका छन् । केन्द्रको निर्देशनअनुसार ठूलो संख्यामा भेला भएर गर्ने कार्यक्रमहरु भने हुने छैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.