Websoft University

सशस्त्र प्रहरीले ठुलो रकम सहित २ भारतिय नागरिकलाई आज पक्राउ गरे


काठमाण्डौ चैत्र २  गते । रातो तारा डट कम,सशस्त्र प्रहरीले बाराको परवानिपुर गाँउपालिका वडा नम्बर ३ बाट स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिया ईनामोल र २५ बर्षिय ईसा आलम रहेका छन् । 

बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट प्रहरी निरिक्षक दिलेन्द्र खत्रिको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा वीरगञ्जबाट जीतपुरतर्फ आउँदैगरेका उनीहरुलाई परवानीपुरमा चेकजाँचका क्रममा उक्त रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।  

सोधपुछ गर्दा रकमको स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिईएको बाराका सशस्त्र प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.