Websoft University

काठमाडौँमा गुफा पोखरी समाजको गठन मुना न्यौपाने


काठमाडौँ, । रातो तारा डट कम, संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा रहेको सुन्दर पर्यटकीय गाउँ गुफापोखरीको बृहत्तर हितको निमित चैत्र १ गते शनिवार काठमाडौँको बौद्धमा एक कार्यक्रमबीच गुफापोखरी समाज गठन भएको छ ।

सो कार्यक्रममा संविधानसभा सदस्य पासाङ शेर्पा प्रमुख अतिथि, ताप्लेजुङ समाज नेपालको महासचिव अग्नि पौडेल विशिष्ठ अतिथि तथा मादी सँखुवासभा सरोकार समाजका अध्यक्ष मिङमा सेर्पा र जापानी सुचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल अतिथि रहेको थियो । 

भेलाले अध्यक्षमा दिनेशचन्द्र खनालको, उपाध्यक्षमा चुङदा भोटे, सचिवमा माला शेर्पा, कोषाध्यक्ष कान्छा सेर्पा र सदस्यहरु दावाकी शेर्पा, डम्बरबहादुर लिम्बू, टंकबहादुर लिम्बू, लाक्पा शेर्पा, पेम्वा तामाङ गरी ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।  

गुफापोखरीको पर्यटन तथा सामाजिक विकासको लागि नव गठित समाजले काठमाडौँमा रहेर सक्रिय सहयोग पु¥याउने लक्ष्य लिएको समाजका अध्यक्ष दिनेशचन्द्र खनालले बताउनुभयो ।

काठमाडौँमा बसोबास गरेका सदस्यका सदस्यहरुले गुफापोखरीबासीहरुको एकता र सामाजिक उत्थानको लागि सामाजिक, सांस्कृतिक एवं विकास निर्माणको कार्यमा टेवा पु¥याउने लक्ष्यका साथ यो समाज अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । 

करीब ३ घण्टा लामो कार्यक्रममा प्रमुख अतिथि पासाङ शेर्पाले समाजको अभिभावकत्वको भूमिका आफूले निर्वाह गर्ने बताउँदै आगामी दिनमा समाजको विकासको निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो भेलामा करीब ३० जना स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.