Websoft University

औद्योगिक व्यापार मेलामा पहिलो स्कुल डान्स आइडल हुदै


धरानमा जारी औद्योगिक व्यापार मेलामा धरानको कक्षा ५ देखि १० कक्षा सम्मको बिधार्थिहरुलाई समेटेर स्कुल डान्स आइडल २०७६ आयोजना गरिएको छ। औद्योगिक व्यापार मेलामा केहि नया पन दिने अभिप्रायले स्कुले बिधार्थीहरु समेटेर कार्यक्रम आयोजना गरिएको संयोजक शिवराज श्रेष्ठले बताउनु भयो । शनिबार मेलाको स्टेजमा आयोजना भएको स्कुल डान्स आइडल २०७६ को अडिसनमा धरानका बिभिन्न बिधालयको २८ जना छात्र( छात्राहरुले भाग लिएका थिए । 

उनीहरुको प्रस्तुति , भेषभुषाको आधारमा १५ जना छात्र( छात्राहरु छानिएको छ । छानिएकाहरु सिद्धिका राई , संजल राई , रिन्छिन गुरुङ, प्रज्ज्वल राई , स्वेत राई , डिना लिम्बु , करिस्ता राई , इशान बि । क । , तोषी सुनुवार , रिश्ता याक्खा , सोनिया राई , आस्था अर्याल , रोहण मगर , बिनिषा राई , र बिमस पौडेल रहेका छन् । आगामी फागुन २३ गते भित्रमा विभिन्न चरणको कार्यक्रम गर्दै टप १० , टप ५ गरि अन्त्यमा बिजेता को घोषणा गरिनेछ ।

आफ्ना मनपरेको प्रतियोगीहरुलाई भोट दिन मेला आयोजना स्थलमा प्रवेशटिकट मा राखिएको फर्मबाट भोट दिने व्यवस्था मिलईएको छ भने निर्णायकको भूमिका पनि महत्वपुर्ण हुने डान्स आइडल व्यवस्थापक युनाइटेड डान्स एकेडेमीका संचालक सन्तोष तामांगले बताए । स्कुल डान्स आइडल २०७६को बिजेताले रु ५० , ५५१ र( फर्स्ट रनरअपले रु । २५,५५१र( र सेकेन्ड रनर अपले १५ ५५१ र( पुरस्कार पाउनेछन् । कार्यक्रमको प्रमुख निर्णायकमा नृत्य निर्देशक निका मोक्तान रहेकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.