Websoft University

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने


काठमाण्डौ फागुन १८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो मिर्गौलाको प्रत्यारोपणको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले आजको सचिवालय बैठकमा आफ्नो उपचारको बारेमा जानकारी गराएको बताउनुभयो । त्यसपछि नेकपा सचिवालय बैठकले ओलीको सफल मिर्गौला प्रत्यारोपण र स्वास्थ्यलाभको शुभकामना दिएको पनि श्रेष्ठले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुने तयारी गरिएको छ । 

प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा पहिलो पठक मिर्गौला प्रत्यारोपण गरिएको
थियो । नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र उहाँसामु विकल्प थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि उहाँको नातिनीसँको मिर्गौला मेल खाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज स्रोतका अनुसार नातिनीको मिर्गौलासँग मेल खाएपछि त्यसैअनुसारको तयारी गरिएको हो । 

नातिनीको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिनुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.