Websoft University

शिक्षादिप कलेजमाअध्ययनरत विद्याथी, कर्मचारीबाट ८६ पिन्ट रगत संकलन


विराटनगर । रातो तारा डट कम,विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा  ८६ पिन्ट रगत संकलन गरीएको  कलेजका व्यवस्थापन संकायका को–अडिनेट शंकर भट्टराईले जानकारी दिए ।  रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथी, कर्मचारी र कलेजमा अध्ययापन गराउँने शिक्षक तथा शिक्षिकालेहरूले रक्तादन गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको को–अडिनेट भट्टराईले जानकारी दिए । रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको को–अडिनेट भट्टराईले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.