Websoft University

पूर्वाञ्चल विश्वविद्यालयमा भएको फुटबल खेलको उपाधि पुसेट कलेजलाई


शिव भट्टराई,मोरङ रातो तारा डट कम,सुन्दरहरैंचा पूर्वाञ्चल विश्वविद्यालयका कलेजहरुबीच प्रथम पटक भएको फुटबल प्रतियोगिताको उपाधि पुसेट कलेज विराटनगरले जितेको छ ।
सुन्दरहरैंचा स्थित पूर्वाञ्चाल विश्वविद्यालय परिसरमा आज सम्पन्न भएको फाइलन खेलमा जीपीकार कलेज गोठगाउँको टीम वीलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै पुसेट कलेज विराटनगरले उपाधि जितेको हो । विजेता बनेको पुसेटले ट्रफिसहित ३० हजार नगद हात पारेकोछ भने उपविजेता जीपीकारले ट्रफिसहित २० हजार नगद जितेको
छ । जीपीकार स्टुडेन्ट टीमको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका ७ वटा कलेजको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.