Websoft University

जनसांस्कृतिक महासंघ प्रदेश १ को भेला सुन्दरहरैंचामा सम्पन्न।



शिव भट्टराई,मोरङ। रातो तारा डट कम,जनसांस्कृतिक महासंघ प्रदेश समन्वय समिति प्रदेश नम्बर १ को प्रथम बैठक आज सुन्दरहरैंचामा सम्पन्न भएको छ ।  

आज सुन्दरहरैंचास्थित गोकुलम् रिसोर्टमा भएको जनसांस्कृतिक महासंघ प्रदेश नम्बर १ को प्रथम बैठकले सुनसरीका पर्शुराम चौधरीको संयोजकत्वमा तदर्थ समिति पनि गठन गरेको छ । समितिको सहसंयोजकमा मोरङका केशव रायमाझी रहनु भएको छ । 

बैठकले जनसांस्कृतिक महासंघ अन्तरगतका प्रदेश नम्बर १ का ८ वटा घटकको समेत तदर्थ समिति गठन गरेको केन्द्रीय सदस्य नवल खड्काले जानकारी दिनुभयो । सो अवसरमा अबका गीतहरु कस्ता हुनुपर्छ भन्ने लगायतका विषयमा छलफल समेत गरिएको उहाँले जानकारी दिनुभयो । 

बैठकमा नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरे, जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, सहसंयोजक सरोज सहयात्री, केन्द्रीय सदस्य नवल खड्का, सत्यकला राई लगायतको आतिथ्यता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.