Websoft University

खोटेहाङ गाउँपालिका–९ का जनतालाई पानी बितरण



फायल फोटो,
काठमाण्डौ फागुन १९ गते । रातो तारा डट कम,खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीका स्थानीय उपभोक्तालाई सुनकोशी नदीको पानी तानेर वितरण गरिएको छ । 

लामो समयदेखि घण्टौँ टाढा रहेको कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका कालापानीका १ सय १५ घरपरिवारलाई सुनकोशी नदीबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी वितरण गरिएको हो । वि.सं.२०७२ चैत–११ गते शिलान्यास गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी तानेर गाउँमा वितरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो ।

नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख रुपैयाँ बराबरको श्रमदान गरी रु एक करोड ८० लाख लागतमा आयोजनाको काम सम्पन्न गरिएको हो । सुनकोशीस्थित रसुवाघाटबाट पम्पिङ प्रविधि अपनाएर निकालिएको पानी ९७ धारामार्फत कालापानीका स्थानीयवासीलाई वितरण गर्ने भनिए पनि ६१ वटा मात्र धारा निर्माण गरिएको छ । 

परीक्षणका क्रममा रहेको खानेपानी आयोजना केही समयपछि औपचारिक रुपमा उद्घाटन गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.