Websoft University

औद्योगिक व्यापार मेलामा औद्योगिक स्टलहरु संगै कलाकारहरुको प्रस्तुति, मेलामा मुख्यमन्त्री शेरधन राईद्वारा अवलोकन


धरान । रातो तर डट कम,धरानस्थित पब्लिक हाइस्कुलमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलाको प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतले अवलोकन गरेका छन् । शनिबार साँझ उनले मेलाको अवलोकन गरेका हुन् । प्रत्येक स्टलमा पुगेर उनले अवलोकन गरेका थिए ।

मेलाका प्रचारप्रसार संयोजक मानबहादुर दियाली ९विश्वकर्मा० ले धरान आउने क्रममा मुख्यमन्त्री राईले अवलोकन गरेको जानकारी दिए । शनिबार उपभोक्ताको भीड ह्वात्तै बढेको छ । शनिबार मेलास्थल खचाखच भरिएको छ । मेला शुरू भएको तेस्रो दिन बाट मेलास्थल खचाखच भरिएको हो । मेलास्थलमा वृद्धवृद्धादेखि युवापुस्ताको जमघट छ । मेलामा पहिलो पल्ट सस्तो नेपाली जुत्ता चप्पल मेला समेत लगाईएकोछ ।जुन आगामी चैत्र १० गते सम्म लाग्ने छ ।

मेलामा सांगीतिक कार्यक्रमको लागि अहिले सम्म धरानको वाल्किंग क्लाउड ब्याण्ड, चर्चित गायक शिव लामिछाने शिवाज, शिव परियार, चर्चित गायिका तृष्णा गुरुङ लगायत को कलाकारहरुले आफ्नो बेजोड प्रस्तुतिले धराने दर्शकहरुलाई मनोरंजन दिई सकेकाछन् भने आज चर्चित गायक तथा पहिलो नेपाली तारा दिपक लिम्बु भोलि चर्चित गायिका मेलिना राई र एक खुट्टाले नृत्य गरेर नाम कमाएकी रोमी आचार्यको प्रस्तुति रहनेछ भने मेल अवधि भरमा अन्य चर्चित गायक (गायिका हरु पनि स्टेजमा उतार्ने पक्का भएको संयोजक शिबराज श्रेष्ठले बताउनुभयो ।

मेलाको दोस्रो दिन भएपनि उपभोक्ता र अवलोकनकर्ताको भीड बढ्दै गएको बताए । मेलामा ८६ वटा स्टल राखिएका छन् । मेलामा बैङ्क तथा वित्तीय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका अल्लो, ह्याण्डिक्राफ्ट ८ वटा, नर्सरी २ वटा, मह ४ वटा, गार्मेन्ट ५ वटा, अर्गानिक अचार, चिया, ललिपप गरी ९ वटा, अन्तर्राष्ट्रिय उत्पादन ९भारत, पाकिस्तान, बङ्गलादेश० १४ वटा, पुस्तक तथा स्टेशनरी २ वटा, थोपा सिंचाइ एक वटा, स्थानीय भवन निर्माण एक वटा, भवन निर्माण कम्पनी ९आरएमसी० एक वटा, अटोमोबाइल्सका २ वटा, आइसक्रिम २ वटा, बराह ग्रुप ६ वटा, बिस्कुट एक वटा, चाउचाउ २ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

यस्तै, स्वास्थ्य, पर्यटन, चित्रकला ३ वटा, दुगड फुड्स २ वटा, कस्मेटिक एक वटा, प्लाष्टिकका भाडा ३ वटा, वाइ एक वटा, दुग्ध विकास संस्थान एक वटा, कार्पेट २ वटा र शैक्षिक संस्थाको एक वटा स्टल राखिएको आयोजकको भनाइ छ । 

गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन, ग्लोबल आइएमई बैंकको प्रायोजन, बराह ग्रुप र डिभाइन वाइनको सहप्रायोजन, नेपाल उद्योग वाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रवद्र्धन र एशियन थाइफुड्स, जिपिएस मोटरसाइल हेरिटेज कार्पेट, ताज आइसक्रिम, बेबी आइसक्रिम, नेक्ड एक्सप्रेस, बाग्मती प्लाष्टिक प्रालिको सहयोगमा कार्यक्रम भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.