Websoft University

त्रियुगा नगर पालिका कार्यलयमा आउने सेवाग्राहिलेे हात धोएर मात्र प्रबेश गर्न आग्रह


गाईघाट चैत ६ गते । रातो तारा डट कम,कोरोना भाइरसको संक्रमण वाट वच्न त्रियुगा नगर पालिका वडा न ११ ले कार्यलयमा सेवा लिन आउने सेवागा्रही हरु लाई हात धुएर मात्र कार्यलय प्रवेश गराउन थालेको छ । वडा कार्यलयले त्यसको लागी परिसरमा पानी र सावुनको व्यबस्था गरेको छ।

 वुधबार देखी सुरु उक्त अभियानको लागी कार्यलय प्रवेस गर्न अघि सेवागा्रही ले रामा्रे संग सावुन पानी ले हात धुनु पर्ने छ । वडा अधक्ष्या विश्व राज भट्टराई ले कोरोना भाईरस लाई लक्षीत गरेर उक्त अभियान संचालन गरेको भएपनी यसवाट अन्य सरुवा रोग वाट समेत वच्न सकीने बताए । कार्यलय प्रवेस गर्नु अघि कर्मचारी ले समेत सावुन पानी ले हात धुनु पर्ने उनले वताए । 

फैलदो कोरोना संक्रमणको कारण संचालन भईरहेको जिल्ला स्तरीय माध्यामीक तहको कक्षा ८ को वार्षिक परिक्षा समेत वुधबार देखि स्थगीत भएको छ । त्यसै गरी सरकारी तथा नीजी बोडिङग स्कुल र कलेज हरु ले चैत मसान्त सम्मको लागी पठनपाठन र वार्षिक परिक्षा समेत स्थगीत गरेको छ । 

 गाईघाट ६ चैत वन मुद्धामा ६ महिना कैद तोकीएर ३ वर्ष देखी फरार एक अभियुक्त वुधबार पका्रउ परेका छन् । उदयपुरको चौदण्डी नगरपालीका ३ बस्ने ५० वर्षिय भिम वहादुर राई लाई प्रहरी ले वेलटार वाट पका्रउ गरेको हो । अदालत ले राई लाई वन मुद्धामा तिन वर्ष अघि ६ महिना कैद तोकेको थियो। मुद्धा चलेकै अवस्थामा राई फरार रहेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.