Websoft University

महानगरपालिकाले इन्द्रमणी पोखरेललाइ स्वागत र एकदेव अधिकारी बिदाइ गर्यो


विराटनगर  चैत्र ६ गते । रातो तारा डट कम,विराटनगर महानगरमा सरुवा भइ आएका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेललाइ स्वागत गरिएको छ भने सरुवा भएका  निवर्तमान प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको विहिवार बिदाई गरिएको छ । 

कुशल प्रशासकको छवी बनाएका अधिकारीको बिदाइ कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले विकास निर्माणका हजारौ सपनाहरु बोकेर हिडेका जनप्रतिनिधिहरुको सपना पुरा गर्ने कुरामा प्रमुख प्रशासकिय अधिकृतको ठूलो भुमिका हुने बताए । 

प्रमुख प्रशासकिय अधिकृतकोरुपमा रहदा अधिकारीले गरेका कामको प्रशंसा मेयर पराजुलीले गरेका थिए । नयाँ प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलवाट पनि समाज रुपान्तर सहित विकासका गतिमा पूर्ण सहयोग रहने बिश्वास ब्यक्त गरे । यस्तै उपमेयर इन्दिरा कार्कीले जनचाहना अनुरुप काम गर्ने बातावरण सवै पक्षबाट हुनेमा आशा ब्यक्त गरिन् । एउटै ठाउँमा बस्दा तितामिठा सवै कुरा हुने भए पनि विकासका काममा सबैको दायीत्व रहने बताइन् । 

प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले जनप्रतिनीधिको स्पिडमा काम गर्ने बताए । उनले आफुवाट कुनै कन्जुसाइ नगरी विराटनगरको विकास र प्रगतिमा निरन्तर लाग्ने बताए । निवर्तमान प्रमुख प्रशाकिय अधिकृत एकदेव अधिकारीले देशको संघीय कार्यक्रम र योजना बारे केही अशन्तुष्टी ब्यक्त गरेका थिए । 

कर्मचारीको सरुवा ,बढुवा र सेबानिवृत्त हुने कुरा अनौठो नभएपनि संघीयता कार्यान्वयन र स्थानिय सरकारलाई हेर्ने दृष्टिकोण कमजोर मानसिकतावाट गुज्रिएको बताए । आफु बसुन्जेल विराटनगरको विकासमा आफुले अधितम कार्य गरेको बताए । यस्तै कार्यक्रममा वडाध्यक्ष विनोद बस्नेत ,कर्मचारीका तर्फबाट हिरालाल यादव लगायतले आ आफ्ना धारणा राखेका थिए । 

अधिकारी एक वर्ष अगाडी गृहमन्त्रालयवाट शरुवा भइ आएका थिए । अहिलेका पोखरेल भने स्वास्थ्य मन्त्रालयवाट आएका छन् । पोखरेलको स्थानीय तहमा पहिलो अनुभव हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.