Websoft University

लागुऔषध सहित २ जना पक्राउ


मोरङ, चैत्र ६ गते । रातो तारा डट कम,मोरङको सुनवर्सी नगरपालिका-८ मिलन चोकबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । आज दिउँसो १ बजेको समयमा मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका-६ का २८ बर्षिय काजीमान बि.क. र बर्ष २८ कै शिव नारायण चमारको साथबाट नियन्त्रीत लागुऔषध कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.