Websoft University

ब्लड क्यान्सरपीडित पत्रकार पौडेललाई झोराहाटको सहयोग


विराटनगर । रातो तारा डट कम, ब्लड क्यान्सर पीडित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । यसै क्रममा मोरङको झोराहाट नाट्य समूहले पनि सहयोग गरेकोे छ । समूहले मंगलबार मकालु टेलिभिजनको कार्यालयमा आएर टेलिभिजनका प्रशासन प्रमुख वीरेन्द्र भगत, प्रोडक्सन विभाग प्रमुख अभयकुमार राई, सहसम्पादक मीनकुमार नवोदित, सहायक सम्पादक हरिहर नेपाललाई ७ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कार्यक्रममा नाट्य समूहका तर्फबाट अध्यक्ष भरत गुरागाईं, स्वयम्भुनाथ कार्की, प्रिन्स प्रमोदकुमार ढकाल, मीना श्रेष्ठलगायतले संयुक्त रुपमा चेक हस्तान्तरण गरे । नाट्य समूहले करुणा समाज इनरुवा सुनसरीका सदस्यहरुलाई मालिनी नाटक देखाएर संकलित रकम हस्तान्तरण गरिएको अध्यक्ष भरत गुरागाईंले बताए । समूहले गत शनिबार पौडेलको उपचारका लागि ‘मालिनी’को च्यारिटी शो गरेको थियो । पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउने अभियान झोराहाट नाट्य समूहले सुरु गरेको र चाँडै  संकलित सहयोग रकम फेरि प्रदान गर्ने उनले बताए । यसअघि पनि विभिन्न संघसंस्थाले मकालु टेलिभिजनको हलमै आएर सहयोग रकम प्रदान गरिसकेका छन् । पौडेलको उपचारार्थ सहयोगका लागि देश विदेशमा समेत सहयोग रकम संकलन भइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.