Websoft University

न्यूरो अस्पतालमा उपचारको क्रममा एक जना बिरामीको मृत्यु


विराटनगर । रातो तारा डट कम, न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा एक जना विरामीको मृत्यु भएको छ ।  विरामीको मृत्यु पश्चात अस्पताल केहि बेरका लागि तनावग्रस्त बनाको थियो । विराटनगर केसल्या रोडका ४५ वर्षिया सुरेश शाहको उपचारको क्रममाा मुत्यु भएको मृतकका परिवारको दावि छ ।

मृतक सुरेसलाई ८ गते बिहिबार घरको ६ फिट अग्लो छतबाट खसेर टाउकामा चोट लागेको मृतकका छोरा गौतम शाहले बताए । उनका अनुसार बुवालाई घटना लगत्तै उपचारका लागि न्युरो अस्पताल ल्याएको थियो । उनले भने ‘ डाक्टरले टाउकोमा ब्लड जमेको छ भनेर अस्पताल ल्याएकै दिन पहिलो अप्रेशन गर्न लगाएका थिए र विरामीको ४८ घण्टामाा  होस आउनुपर्ने भए पनि होस नआई दोस्रो अप्रेशन १७ गते शनिवार गराउन लगायो’सोमबार १० बजे राति अस्पतालले सुरेसलई मृत घोषण गरेका थिए ।

अस्पतालको लापरवाहिका कारण विरामिको मृत्यु भएको भन्दै मृतकका आफन्तहरु आक्रोशित बनेका थिए ।
पहिलो पटकको अप्रेशन डा.मोहन कार्कीले गरेको र दोस्रो अप्रेशन यम बहादुर रोक्काले गरेको गौतमले बताए ।
मृतकका परिवारले लापरवाहीका कारण मृत्यु भएको  भन्दै क्षातिपूर्तीको माग गरेका छन् । घटना पछि अस्पताल प्रशासन र मृतकका परिवार विच आन्तरिक छलफलमा भए पनि थप विवरण आउन बाँकी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.