Websoft University

पारस लिम्बु मृत अवस्थामा फेला परे


सुनसरी, फागुन -२० गते । रातो तारा डट कम,सुनसरी बराहक्षेत्र-७ देबिघाट बस्ने पुर्ण बहादुर लिम्बुको छोरा १९ बर्षीय पारस लिम्बु मृत अवस्थामा फेला परेका छन । हिजो दिउँसो साढे २ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेका लिम्बु बराहक्षेत्र-६ ठाकुरबारीको कोशी किनारमा पानी जमेको खाल्टोमा मृत अवस्थामा फेला परेका हुन । हिजै सोही स्थानमै देबिघाट बस्ने १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी थिईन । घटनास्थलमा पुगेका पारस लिम्बुको बुबाले सोही स्थानमा आफ्नो छोराको मोबाईल र चप्पल देखेपछी आफ्नो छोराको खोजीका लागी प्रहरीमा खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकाल्ने क्रममा सोही पानी जमेको खाल्टो मुनीबाट हराएका भनिएको १९ बर्षीय पारस लिम्बुको शव समेत फेला पारेको थियो । दुबैको शव एकै ठाउँमा  फेला परेको पाईएसंगै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.