Websoft University

१४ मुलुकका नागरिकलाई कतार जान अस्थायी प्रतिबन्ध


काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,कतारले कोरोना भाईरस (कोभिड –१९) को संक्रमणको डरले नेपाल सहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कतार सरकारले सोमबार देखि लागु हुने गरी अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । 

शुरुमा इटालीबाट कतार प्रवेश गर्ने  विदेश नागरिकलाई प्रवेश रोक लगाएको कतारले प्रवेश रोक लगाएका देशमा नेपाल सहित बंगलादेश, चीन, इजिष्ट, भारत, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरीया श्रीलंका ,सिरिया र थाईल्याण्ड रहेका छन् । झन्डै एक सयभन्दा बढी मुलुकका आप्रवासी कामदार रहेको कतारमा नेपाली कामदारको सख्या चार लाख भन्दा केही बढी छ । कतारको पछिल्लो निर्णयले विजनेश वा भिजिट भिसामा कतार प्रवेश गर्ने देखि रोजगारीका लागि जाने सबै प्रभावित हुने भएका छन् । 

कतारले परिस्थितीको शुक्ष्म मुल्याङ्कन गरिरहेको  भन्दै परिस्थितीमा सुधार देखिए अस्थायी प्रतिवन्ध हटाउन सकिने बताएको छ । कतारले आफ्ना देशका नागरिकलाई पनि सकेसम्म विदेश नजान आग्रह गरेको छ । यसअघि हिजो नै कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तर उनीहरु कुन देशका हुन् भन्नेबारे कतारले  सार्वजनिक गरेको छैन । 

कतारले गत शनिबार तीन हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेकोमा इरानबाट चार्टड गरी ल्याइएका १२ जना कतारीलाई भाइरसको संक्रमण देखिएको थियो । कतार सरकारले सामाजिक सञ्जालमा फैलिने हल्लाको पछाडि नलागी सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.