Websoft University

चर्को मूल्य असुल्नै व्यापारीहरुलाई अव कारवाही गर्ने



काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,कोरोना त्रासलाई देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ । वर्तमान आपूर्ति अवस्थाबारे आज पत्रकारसँग छलफल गर्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो । 

काठमाडौं उपत्याकासहितका ठूला सहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोल बनाउन गृह मन्त्रालयसँग छलफल सुरु भएको उहाँले बताउनुभयो । मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको भन्दै मन्त्री भट्टले नेपाल प्रहरीलाई त्यहाँ जोडिने बतउनुभयो । 

काठमाडौंमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने उहाँको भनाइ छ । अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयका समाजिक सञ्जाल पनि सक्रिय बनाउने मन्त्री भट्टको भनाइ थियो ।

सरकारी संस्थान र कम्पनीसंग खाद्यन्न र नुन चिनी जस्ता अत्यवश्यक वस्तुको मौज्दात प्रशस्त रहेको भन्दै मन्त्री भट्टले नीजि क्षेत्रले कार्टेलिङ गरे सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर्ने दाबी गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.