Websoft University

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चासो नदिदा,गुम्बा तथा मन्दिर निमार्णका काम अलपत्र परे


काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय तह लगायत सम्बद्ध निकायले चासो नदिँदा गुम्बा तथा मन्दिर अलपत्र परेका छन् । भूकम्पले ढालेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा सरकारी वेवास्ता हुँदा गुम्बा तथा मठ मन्दिर निर्माणले गति लिन नसकेको हो । 

बजेट अभावमा निर्माण हुन नसकेका कारण जिल्लाका अधिकांश मन्दिर तथा गुम्बा अझै टहरामै सिमित भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को विनाशकारी भूकम्पले जिल्लामा रहेका एक सय ९० गुम्बामा क्षति पुगेको थियो ।

ती मध्ये चालु आर्थिक वर्षमा पुनर्निर्माण प्राधिकरणले २८ वटा गुम्बा मर्मतका लागि अख्तियारी पठाएको छ । २८ गुम्बा मर्मतका लागि प्राधिकरणबाट चार करोड २३ लाख रुपैयाँ आएको हो । जिमालीसँग जिल्लामा भूकम्पबाट कति मन्दिरमा क्षति पुग्यो भन्ने तथ्यांक नै छैन । एक सय ९० मा २८ वटा गुम्बा मर्मतका लागि बजेट प्राप्त भएको जिमालीका व्यवस्थापक लक्ष्मणकुमार सेठले जानकारी दिनुभयो । 

अघिल्लो आर्थिक वर्षमा गुम्बा मर्मतका लागि वर्षको अन्तिमतिर अख्तियारी आएकाले त्यो रकम फिर्ता भएको उहाले बताउनुभयो । अघिल्लो वर्ष साढे सात करोड रुपैयाँ ढिला आएकाले फिर्ता गएको हो । उहाँका अनुसार १० वटाका लागि सम्झौता भइसकेको र बाँकी अरु प्रक्रियामा रहेका छन् । स्थानीय स्तरमा उपभोक्ता समिति गठन गरेर प्रक्रिया अगाडि बढाइँदै गरेको उहाँले जानकारी दिनुभयो । 

असारसम्म अख्तियारी आएको गुम्बा मर्मत भइसक्ने उहाँको भनाइ छ । कुल चार करोड २३ लाख बजेट मध्ये मर्मतका लागि पाँचपोखरी थाङपाल गाउँपालिकास्थित बरुवामा रहेको स्याङबा ङयुडने गुम्बाका लागि सबैभन्दा कम तीन लाख रकम छुट्याइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.