Websoft University

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ


झापा,फाल्गुन-२२ गते । रातो तारा डट कम,झापाको काँकडभिट्टा-६ भन्सार मुलगेट अगाडीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका-४ का २७ बर्षीय निशान राई र झापा दमक-१ का २४  बर्षीय रोशन पोदार रहेका छन । 
आज अपरान्ह सवाँ ३ बजे को ९ प ३६३१ नम्बरको  मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई मोटरसाईकल चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकी भित्र प्लास्टिकमा पोको पारेर लुकाई छिपाई राखिएको अवस्थामा २६ ग्राम खैरो हिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको
छ । 
पक्राउ परेका दुबै जनालाइ  ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.