Websoft University

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य–चिकित्सक


काठमाण्डौ फागुन २२  गते । रातो तारा डट कम,दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको शल्यक्रियापछिको अवस्था सामान्य रहेको जानकारी गराउनुभएको हो । हिजो शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । साढे चार घण्टा लामो शल्यक्रियामा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी हुनुहुन्थ्यो । भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुनुभएको थियो । ओलीलाई भान्जीले मिर्गौला दान गर्नुभएको हो । पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा हुनुहुन्थ्यो । करिब तीन महिनाअघि उहाँको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो । त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.