Websoft University

जिल्ला प्रसासन कार्यलय उदयपुरले भिडभाड र जम्मा भएर होली खेल्न निषेध गरेको छ


श्याम राई-उदयपुर गाइघाट । रातो तारा डट कम,जिल्ला प्रसासन कार्यलय उदयपुरले भिडभाड  र जम्मा भएर होली खेल्न निषेध गरेको छ । त्यसैगरी सार्वजानीक रुपमा आयोजना गरीने कार्यक्रम हरुलाई समेत अनुमति नदिने जनाएको छ । 

जिल्ला सुरक्षा समन्वय समितिको बुधवार बसेको बैठकले कोरोना भाइरसको फैलदो संक्रमण लाई मध्य नजर गर्दै उक्त निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी धु्रब वहादुर खड्काले पुर्व स्वीकृती लिएका धेरै  कार्यक्रमहरु समेत रद्द गर्न सम्वन्धीत पक्ष लाई लिखित रुपमा निर्देसन  दिएको बताए।

 चिन हुदै विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस वाट नेपाल पनि उच्च जोखीम मा रहेको भन्दै विश्व स्वास्थ्य संगठन ले जनाए पछि नेपाल सरकार ले संक्रमण वाट जोगीन सचेतना अभियान संचालन गर्दै भिडभाड मा नजान तथा भेला सभा सम्मेलन जस्ता कार्यक्रम गर्न रोक लगाई सकेको अबस्थामा स्थानिय प्रसासन वाट यस्तो निर्णय भएको हो । 

त्यसैगरी कोरोना भाइरसको संभावित संक्रमण फैलन नदिन र संक्रमण भैहालेमा उपचार र रोकथाम को लागि जिल्ला अस्पताल उदयपुरमा एक आइसोलेसन वार्डको व्यबस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी खडका ले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.